पोखरामा क्लबस्तरीय भलिबल: घान्द्रुक क्रोम्छे शिर्ष स्थानमा
पाेखरा | असार २६, २०८२
पोखरा: पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगितामा क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे शिर्ष स्थानमा उक्लिएको छ ।
पोखरा–३ नदिपुर छन्त्याल समाजको भलिबल कोर्टमा भएको लिग चरणको सातौ खेलमा घान्द्रुक क्रोम्छेले आधिखोला न्यु दिल्लीलाई ३–१ को सेटमा पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो ।
घान्द्रुकले आधिखोलालाई २६–२४, १२–२५, २५–२३ र २५–२३ ले पराजित ग¥यो । लिगको शिर्ष स्थानमा उक्लिएको घान्द्रुकको ४ खेलमा ९ अङ्क छ । यस्तै आधिखोला ६ अङ्कसहित दोस्रो स्थानमा छ ।
यस्तै आज भएको लिगको आठौै खेलमा एपिएफले ठकुरी समाजलाई ३– १ को सेटमा नै पराजित गरेको छ । एपिएफले ठकुरी समाजलाई २५–२०, २०–२५, २५–२० र २८–२६ले पराजित ग¥यो । एपिएफ ६ अङ्कसहित तेस्रो स्थानमा छ । आधिखोला र एपिएफको समान ६/६ अङ्क भएपनि सेटको आधारमा आधिखोला दोस्रो स्थानमा छ ।
यस्तै ढुङ्गे देउराली क्लब पौवेगौवे स्याङ्जा चौथो र ठकुरी समाज पाँचौ स्थानमा रहेको छ ।
लिगको शिर्ष स्थान र चौथो स्थानमा रहने टिमले पहिलो सेमिफाइनल र लिगको दोस्रो र तेस्रो स्थानमा रहने टिमले दोस्रो सेमिफाइनलमा फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
भेट्रान्सतर्फ क्वाटरफाइनलको एक खेल बाँकी
लामा अमृत फाउण्डेशन घान्द्रुकले आयोजना गरेको तेस्रो क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको भेट्रान्सतर्फ शुक्लागण्डकी, पोखरा भेट्रान्स र अर्चलबोट भेट्रान्स सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
यस्तै अन्तिम क्वाटरफाइनल खेल होटल ल्याण्ड सिक्लेस भेट्रान्स र किङ्स युनाटेड बीच शुक्रबार हुनेछ ।
लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले शुक्रबार लिग चरण र भेट्रान्सतर्फका खेल हुने बताए । प्रतियोगिता असार २८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहति मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै भेट्रान्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदियमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।
फाउण्डेशनले २०७५ र ०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो ।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

